Showing posts with label sajha sawal. Show all posts
Showing posts with label sajha sawal. Show all posts

साझा सवाल अङ्क ५१५ प्रदेश सरकारको संरचना अनि संञ्चालन विधि कस्तो ?
























प्रदेश सरकारको संरचना कस्तो हुनेछ? यसको संचालन विधि कस्तो हुनेछ ? यस बिषयमा प्रष्ट पार्न नेपाली कांग्रेसका नेता रमेश लेखक र नेकपा एमालेका नेता प्रदीप ज्ञवाली यो साताको साझा सवालमा ।




साझा सवाल अङ्क ५१४ वीरगन्ज, जनकपुरलाई कस्तो शहर बनाउने योजना छ मेयरहरूको ?


वीरगन्ज, जनकपुर लगायत दुई नम्बर प्रदेशका प्रमुख शहरहरूलाई निर्वाचित प्रतिनिधिहरू कस्तो बनाउन चाहन्छन् ? अनि मतदाताको अपेक्षा चाहिँ के छ ?



साझा सवाल अङ्क ५१३ सामाजिक सुरक्षाको अवस्था कस्तो ?



 साझा सवाल अङ्क ५१३ सामाजिक सुरक्षाको अवस्था कस्तो ?





साझा सवाल अङ्क ५१२ विभिन्न जात-जाति र समुदायको साँस्कृतिक पहिचान


अनेकतामा एकता, एकताभित्रको विविधता । यसपालीको साझा सवालमा नेवाः समुदायको मालश्री र धिमे बाजा, मिथिलाको जट-जटिन, तामाङ समुदायको डम्फु र टुङ्ना, उर्दू भाषी मुस्लिमहरूको 'मुसाएरा', मगर समुदायको कौरा (कान्द्राहा), थारू समुदायको सखिया-लाठी नाच अनि दलित समुदायका (दमाई)हरूले बजाउने गरेको पन्चेबाजा । - अरू धेरैलाई समेटन बाँकिनै छ । समयक्रमसँगै अनुकुलता हेरि बाँकि समुदायको सँस्कृतिलाई पनि अवस्य समेटने छौं । कार्यक्रममा सहभागी भएर मद्दत गर्नुहुने सम्पूर्ण कलाकार मित्रजन तथा संयोजन गरि मद्दत दिनुहुने मित्रहरूलाई धेरै धेरै धन्यवाद ।

साझा सवाल अङ्क ५११ सुदूरमा स्वास्थ्यका कुरा

















साझा सवालमा यो साता सुदूरमा स्वास्थ्यका कुरा । सात नम्बर प्रदेशमा उपलब्ध स्वास्थ्य सेवा बारे डडेल्धुरा, डोटी र कैलाली जिल्लाहरू घुमेर तयार गरिएको साझा सवाल ।


 

साझा सवाल अङ्क - ५१० बिदेशमा रोजगारी गर्न जानेका दुःख सुखका कुरा


बिदेशमा रोजगारी गर्ने दाजुभाइ - दिदीबहिनीका दुःख सुखका कुरा अनि सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्न गरिरहेका प्रयास के के छन त ? श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरसँग भुक्तभोगीहरूको सवाल जवाफ ।



साझा सवाल अङ्क ५०७ - संघीय नेपालमा शिक्षाको संरचना कस्तो ?


संघीय नेपालमा शिक्षाको संरचना कस्तो हुनेछ त ? शिक्षा मन्त्रालयका प्रवक्ता, सहसचिव हरि लम्साल, पूर्व शिक्षा राज्यमन्त्री धनमाया विके र सांसद, प्राध्यापक गणेशमान गुरूङसँग काठमाडौमा गरिएको बहस ।

साझा सवाल अङ्क ५०५ मुग्लिङ नारायणघाट सडक निर्माणमा ढिलाई


मुग्लिङ- नारायणघाट सडक निर्माणमा किन ढिलाई भइरहेको छ? मुग्लिङ- नारायणघाट सडकमा यात्रा गरेर तयार पारिएको साझा सवालमा यात्रु, चालक, निर्णाण व्यवसायी, स्थानीय नागरिक, चितवनका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राजनीतिक नेताहरू र विज्ञसँग गरिएको कुराकानी समेटिएको छ।

साझा सवाल अङ्क ५०४ संघीय नेपालमा कृषिको विकास कसरी ?


संघीय प्रणाली अन्तर्गत निर्वाहमुखी कृषिलाई कसरी मनग्य आम्दानी हुने पेशा बनाउन सकिएला ? यो साता नवलपरासी र चितवनका किसानहरूसँग बहस गर्दैछन् कृषि विभागका महानिर्देशक डिलाराम भण्डारी, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राध्यापक कल्याणी मिश्र त्रिपाठी र सफल किसान गीता देवकोटा ।

साझा सवाल अङ्क - ५०३ - गाउँपालिका/नगरपालिकाको लागि श्रोत व्यवस्थापन

गाउँपालिका/नगरपालिकाले शिक्षा, स्वास्थ्य, सडक लगायत विकास खर्च गर्न आवश्यक धनराशी जुट्छ चाँहि कसरी ? नेपाली कांग्रेसका सांसद रीता शाही नेपालगंज उप महानगरपालिकाका मेयर धवलशमशेर राणा र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष युवराज खतिवडासँगको बहस ।



साझा सवाल अङ्क - ५०२ कस्तो स्मार्ट सिटी ?


चुनावका बेला स्मार्ट सिटी, स्याटलाइट सिटी, मेगा सिटी बनाइदिने घोषणा त खुब आयो। खासमा ‘राम्रो सहर’ हुन्छ चाँहि कस्तो? ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याँञ्जु र काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीसँगको बहस ।
 
हाम्रो बारेमा
तत्कालीन नेपालको छापा बजारमा युवाहरुलाई आकर्षित गर्ने नेपाली भाषाको पत्रिकाको अभाव खट्किरहेको बेला युवा वर्गको रुचिलाई ध्यानमा राखेर परिकल्पना गरिएको हो । हाम्रो अन्लाईन पत्रीकामा तपाईंहरुले आफ्नो लेखहरु प्रकाशन गर्न सक्नु हुन्छ । तल दिइेयको ठेगानामा हामीलाई संपर्क गर्नु सक्नु हुन्छ ।


. Nepali Movies - All Rights Reserved
Template Created by ThemeXpose | Published By Gooyaabi Templates